दफा
क्रणपत्रको सावाँ र व्याज भुक्तानी
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका क्रणपत्रको सावाँ र व्याज भुक्तानी देहाय बमोजिम हुनेछ:-

(क) स्टकको सावाँ र व्याजको भुक्तानी सो स्टक जसको नाममा दर्ता भएको छ सोही व्यक्तिलाई निजको बैङ्क खातामार्फत,

(ख) प्रमिशरी नोटको सावाँ (र व्याज भुक्तानी सो प्रमिशरी नोटको धनी वा नामसारी भएको अन्तिम व्यक्तिलाई, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “प्रमिशरी नोट” भन्नाले दरपीठ गरी नामसारी गर्न सकिने क्रणपत्र सम्झनु पर्छ र सो शब्दले ट्रेजरी बिललाई समेत जनाउँछ।

(ग) बियरर बण्डको सावाँ र व्याज भुक्तानी सो बियरर बण्डको प्रमाणपत्र लिई आउने व्यक्तिलाई, स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “बियरर बण्ड” भन्नाले क्रणपत्रको प्रमाणपत्र लिई आउनेलाई भुक्तानी दिनु पर्ने क्रणपत्र सम्झनु पर्छ।

(घ) प्राईज बण्डको सावाँ भुक्तानी सो प्राइज बण्डको प्रमाणपत्र लिई आउने व्यक्तिलाई, र स्पष्टीकरण: यस खण्डको प्रयोजनको लागि “प्राईज बण्ड” भन्नाले धनीले व्याजको रकममध्ये सबै वा केही चिठ्वाद्वारा तोकिए बमोजिम पाउने क्रणपत्र सम्झनु पर्छ। (ङ) अन्य क्रणपत्रको सावौँ र व्याज तोकिए

बमोजिमको व्यक्तिलाई ।

(२) उपदफा (१) को खण्ड (घ) बमोजिमको प्राईज बण्डको व्याज भुक्तानी सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

(३) क्रणपत्र निष्कासन गर्दा उल्लिखित शर्त बमोजिम क्रणपत्रको सावाँ र व्याजको भुक्तानी नेपाली वा विदेशी मुद्रामा गरिनेछ ।

(४) प्रदेश वा स्थानीय तहले नेपाल सरकारबाट वा नेपाल सरकारको जमानतमा लिएको क्रण तिर्न नसकेमा नेपाल सरकारले त्यस्तो क्रणको सावाँ र व्याज बराबरको रकम प्रचलित कानून बमोजिम सम्बन्धित प्रदेश वा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको रकमबाट कट्टा गर्न सक्नेछ।